Logo

बागमती पेज

असार ३, २०७९ शुक्रबार

चलचित्र ‘चिसो मान्छे’ आजबाट हल हलमा प्रर्दशन


काठमाडौँ । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ शुक्रबारदेखि नेपाल, अमेरिका र माल्टामा एकसाथ प्रदर्शनमा आएको छ । यो साता रिलिज भएको यो एक मात्र फिल्म हो ।

कोरोना महामारीको बीचमा कतारबाट ल्याइएको श्रमिकको शवलाई काठमाडौंदेखि बाजुरासम्म पुर्‍याउन गरिएको असजिलो यात्राको कथावस्तुलाई फिल्मले चित्रण गरेको छ ।

दुई घण्टा लामो फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका छ । कोरोना संक्रमणको त्रास, पूर्व माओवादी लडाकु वैदेशिक रोजगारीमा पुगेपछि हृदयघातले हुने मृत्यु र शवलाई घरसम्म लैजान भएको सास्तीलाई फिल्मले चित्रण गरेको छ ।

सुदूरपश्चिममा हुने बालविवाह र लकडाउनले आम मानिसमा पारेको आर्थिक असरका आयामलार्ई पनि फिल्ममा चित्रण गरिएको छ । पशुपति प्रसाद, आमाजस्ता रुचाइएका फिल्मलाई निर्देशन गरेका खनालको यो फिल्मलाई लिएर निकै आशावादी देखीएका छन् ।