Logo

बागमती पेज

असार ५, २०७९ आईतबार

दोलखाको भिमेश्वर नगरपालिकालाई २ करोड ५ लाख बजेट विनियोजन


काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९ ८० का लागि भिमेश्वर नगरपालिकालाई २ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक बर्षका लागि भिमेश्वर नगरपालिमा सवैभन्दा बढि बजेट योजना परको हो ।

विनियोजन भएको २ करोड ५ लाख रुपैयाँमध्ये कृषि पुर्वाधार विकास कार्यक्रम अन्र्तगत आलु भण्डारण केन्द्रका लागि १५ लाख, भिनपा ५ को केरा खेती प्रवर्द्धन कार्यक्रमका लागि १० लाख, तरकारी खेती प्रवर्द्धन कार्यक्रमसँगै आलु खेती प्रवर्द्धन तथा बीउ उत्पादन ,भिनपा ३ का लागि १५ लाख, कृषि पर्यटन प्रवर्द्धन कार्यक्रम भिनपा ८ का लागि १५ लाख, त्यसै गरी तामाकोशी फुलपा दोलखा बेसि लिफ्ट सिन्चाइ आयोजना भिनपा २ का लागि २५ लाख, लिसेपानी खानेपानी आयोजना भिनपा ९ का लागि २५ लाख, विश्व शान्ति बुद्ध पार्क भिनपा २ का लागि २५ लाख, जिल्ला प्रशासन गेट पुरानो सभाहल सडक भिनपा ३ का लागि २५ लाख र घ्यावपानी सेरा निगाले सडक भिनपा ६ ७ ८ र ९ नम्वर वडाको लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यससँगै भिमेश्वर नगरपलिकाको लागि ९ वटा ठुला योजना परेको हो । दोलखाको ७ वटा पालिका र २ नगरपालिकाको लागि २२ करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।