Logo

बागमती पेज

असार ५, २०७९ आईतबार

काभ्रेपलाञ्चोकमा गम्भीर प्रकारका बिरामीलाई मासिक पाँच हजार


काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार दिने निर्णय गरेको छ। बिरामीलाई औषधोपचारमा सहयोग होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको गाउँपालिकाले जनाएको छ।

गम्भीर प्रकृतिका प्रत्येक बिरामीलाई मासिक पाँच हजार उपलब्ध गराइने निर्णय गरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए।

गाउँपालिकाभित्रका मिर्गौला प्रत्यारोपण गराएका, डायलायसिस गराइरहेका मिर्गौला रोगी, विभिन्न क्यान्सर तथा मेरुदण्ड पक्षघातका बिरामीलाई औषधोपचारमा सहयोगवापत उक्त रकम दिइने भएको हो।

गाउँपालिकाबाट औषधोपचार खर्च प्राप्त गर्न व्यक्तिको अस्पतालले प्रमाणित गरेको गम्भीर प्रकृतिका रोग खुल्ने कागजात , अनुसूची १ अनुसार औषधोपचार खर्च पाऊँ भन्ने व्यहोरोका निवेदन,अनुसूची २ अनुसार बिरामीको नागरिकताको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको दुईप्रति फोटोसहित सम्पर्क गर्न आह्वान गरिएको छ।