Logo

बागमती पेज

असार ७, २०७९ मंगलबार

नयाँ दल निर्माण गर्ने घोषणा गर्दे रवि लामिछाने


काडमाडौँ । सञ्चारकर्मबाट राजनीतिमा आएका रवि लामिछानेले नयाँ पार्टी निर्माणको घोषणा गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै उनले सो घोषणा गरेका हुन् ।

आमनागरिकलाई चाहिएको जस्तो दल बनाएर, क्षमतावान मान्छेहरुको साथ लिएर देशलाई नयाँ ढंगले चलाएमान गर्ने लामिछानेले बताएका छन् । आफु कुनैपनि पार्टीमा प्रवेश नगर्ने लामिछानेको योजना छ ।

लामिछानेले आफ्नो पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहने बताएका छन् । यस्तै प्रस्ताव चुनाव चिन्ह ‘घन्टी’ रहने उनले जानकारी दिए ।

आफ्नो पार्टी पुराना पार्टीभन्दा पृथक रहने लामिछानेले दावी गरे । पार्टीमा ५० प्रतिशतभन्दा बढी युवा अनिवार्य हुने उनले बताए । लामिछानेका अनुसार प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डा पार्टीले बोक्नेछ ।

आफू व्यवस्था बदल्नका लागि नभइ जनताको अवस्था बदल्नका लागि राजनीतिमा आएको लामिछानेको भनाइ छ । उनले आफू एक जनालाई संसद बन्नबाट रोक्न सक्षम रहेको दावी गरे ।