Logo

मेघनाथ पहाडी

असार १९, २०७९ आईतबार

एनआईसी एशिया बैंकको सेवा नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने


काठमाडौं । एनआईसी एशिया बैंकको सबै प्रकारका सेवा नेपाल टेलिकमको नेटवर्कमा डाटा बिना निःशुल्क चलाउन सकिने भएको छ ।

डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि मोबाइल बैंकिङ्ग सेवा निःशुल्क संचालनमा ल्याएको हो ।

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेट बैंकिङ एनटीसी नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ । यस सुविधामार्फत यस बैंकका ग्राहकहरूले नेपाल टेलिकमको डाटा प्रयोग गरी एनआईसी एशिया मोबैंक एप, आइसर्भ, वेबसाइट तथा इन्टरनेट बैंकिङ सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

एनआईसी एशिया मोबैंक एपअन्तर्गत बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझ्ने, मुद्दती निक्षेप खोल्ने, युटिलिटी बिल भुक्तानी, क्यूआर भुक्तानी, ई–कमर्स एक्टिभेसन, प्रोग्रेस ट्रेकिङ आदिजस्ता सुविधाहरू निःशुल्क लिन सकिने बैंकले जनाएको छ ।

साथै, ग्राहकले शेयरमा आवेदन दिन, कार्डलेस विथड्रलको प्रयोग गर्न सक्नेछन् सक्नुहुनेछ र एपमा रहेको ‘कस्टोमर केयर’ बाट ग्राहकहरूले आफ्ना समस्या यथाशीघ्र समाधान तथा वहाँहरूको जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्न सक्नेछन् ।

आइसर्भमार्फत मोबाइल बैंकिङ्ग सेवाहरू, ग्राहक सम्बन्धी सेवाहरू, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सीआरएन आवेदन, बचत योजना परिवर्तन र स्टम चेक पेमेन्ट, टेलर सेवाहरू र कार्डसम्बन्धी सेवाहरू, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेविट कार्ड रिप्लेसमेन्ट आवेदन र इन्स्टा बाइ ग्राहकहरूले सरल तरिकाले लिन सक्नेछन् ।