Logo

बागमती पेज

असार २२, २०७९ बुधबार

लमजुङमा बाढीपहिरोले २१ घर उच्च जोखिममा



काडमाडौँ । लमजुङमा बाढीपहिरोले २१ घर उच्च जोखिममा परेका छन् । क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँ उपल्लो टोल पहिरोको जोखिममा परेको हो ।

पहिराले बस्ती जोखिम बनाएका बारे गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत सम्बन्धित निकाय सबैलाई खबर गरिसकेको वडाध्यक्ष गुरुङको भनाइ छ । सो पश्चात् गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ लगायतको टोलीले समेत अनुगमन गरेर गएको थियो ।

अनुगमनपश्चात् उनले दक्ष प्राविधिक ल्याएर पहिरोका थप अनुसन्धान गरेर रोकथाम गर्ने आश्वासन दिएको स्थानीयको भनाइ छ । यहाँ दैनिक जसो पानी परिरहँदा स्थानीयहरु भने त्रसित हुने गरेका छन् । उक्त घरका १५० भन्दा बढी स्थानीय पहिरोका चिन्तामा छन् ।