Logo

बागमती पेज

असार २२, २०७९ बुधबार

पूर्व मिस नेपाल सदीक्षा वैवाहिक जीवनमा बाँधिइन्


काठमाडौं : पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी राहुल मोक्तानसँग मंगलबार लगनगाँठो कसेकी हुन् ।

गैरीधाराको सिल्भर ओके पार्टी प्यालेसमा उनको विवाह समारोह आयोजना भएको थियो । विवाह अगाडि उनले सिल्भरमै रिसेप्सन पाटी दिएकी थिइन् । सदीक्षा र राहुलले नेवारी परम्परा अनुसार विवाह गरेका हुन् ।

विवाह समारोहमा दुवैका नजिकका आफन्त साथीभाइको अलवा पूर्व मिस मलिना जोशी, सुगारिका केसीको सहभागिता रहेको थियो । राहुल र सदीक्षाले एक वर्षभन्दा लामो समयको प्रेम विवाहमा परिणत गरेका हुन् ।

राहुल पेशाले जीम व्यवसायी हुन् । सदीक्षाले २०१० मा मिस नेपाल उपाधि जितेकी हुन् ।