Logo

भवानी कार्की

असार २३, २०७९ बिहीबार

सामुदायिक बनमा व्यवसायिक टिमुर खेती 


काठमाडौँ । भीमेश्वर नगरपालिका वडा नं ९ स्थित टिमुरे तिन थली र दिमाल सामुदायिक बनमा व्यवसायिक टिमुर खेती लगाइएको छ । भीमेश्वर नगरपालिका र वडाको संयुक्त आयोजनामा व्यवसायिक रूपमा टिमुर लगाइएको हो । 

विगतका वर्षमा पनि सामुदायिक बनमा टिमुर लगाइएको तर बिरुवा फस्टाउन नसकेपछि यो वर्ष व्यवस्थित तरिकाले टिमुर लगाइएको हो । गएको वर्षमा बनमा धेरै झाडी भएका कारण टिमुरको बोट हुर्किन नसकेपछि यस वर्ष बनमा झाडी फडानी गरी टिमुर रोपिएको दिमाल सामुदायिक बनका अध्यक्ष कुलमान थामी बागमती पेजलाई बताए । 

टिमुर तिन थली सामुदायिक बन र दिमाल सामुदायिक बनमा गरी १९ सय टिमुरको बिरुवा रोपिएको छ । त्यसै गरी वडाले गाउँका स्थानीय उपभोक्तालाई पनि १५ सय टिमुरको बिरुवा नि:शुल्क वितरण गरको छ । सामुदायिक बनमा वृक्षारोपण पनि हुने र सँगै खेती पनि हुने भएकाले टिमुर लगाइएको अध्यक्ष थामीले बताए ।

गाउँकै स्थानीय उपभोक्ताको सहयोगमा रोपिएको उक्त टिमुर खेती लाई स्थानीएकै सहयोगमा समय समयमा गोडमेल गरी बिरुवा हुर्काउने तर्फ ध्यान दिने अध्यक्ष कुलमानले बताएका छन् ।