Logo

बागमती पेज

असार २४, २०७९ शुक्रबार

अभिनेत्री नीता ढुंगाना र ज्योतिषी हरिहर विवाह बन्धनमा



काठमाडौँ । अभिनेत्री नीता ढुंगाना र अभिनेता एवं ज्योतिषी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन्। चार वर्षे प्रेम सम्बन्धलाई दुवैले शुक्रबार विवाहमा परिणत गरेका हुन्।

दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित नीता र हरिहरको वैवाहिक समारोहमा परिवारका सदस्य, आफन्त र सीमित साथीभाइ सहभागी थिए।

दुई दिनअघि निता र हरिहरले मेहन्दी रसम गरेका थिए। जसमा अभिनेत्री रेखा थापालगायतका कलाकार सहभागी थिए।

निता र हरिहरले आइतबार होटल याक एन्ड यतिमै रिसेप्सन पार्टी आयोजना गर्ने भएका छन्।