Logo

बागमती पेज

असार २५, २०७९ शनिबार

बुढीगंगा अपडेट : मेयरमा एमाले उम्मेदवारलाई १५६२ मतको अग्रता


डोटी । बिहीबार पुनः मतदान भएको बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले १५६२ मतान्तरले अग्रता लिएका छन् ।

पाँच हजार ४२९ मत गणना हुँदा एमालेका बानियाँले तीन हजार ३५१ मत पाएका छन् । नेपाली कांग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खातीले एक हजार ७८९ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का (कुँवर) ले तीन हजार २७९ मत पाएकी छन् भने कांग्रेसकी रीता शाहीले एक हजार ८५८ मत पाएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नगरपालिकाको पाँच वटा वडाको मतगणना सकिँदा चारवटा वडामा नेकपा एमाले र एउटामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । वडा नम्बर १, २, ९ र १० को अध्यक्षमा एमालेका उम्मेदवार र वडा नम्बर ८ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।