Logo

बागमती पेज

असार २६, २०७९ आईतबार

कांग्रेसको पदाधिकारी बैठक अगाडि शेखर कोइराला पक्षको बैठक बस्ने


काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकअघि नेता शेखर कोइराला पक्षको छुट्टै बैठक बस्ने भएको छ। बैठक आइतबार १२ बजे बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा बस्नेछ।

बैठकमा छलफलका एजेन्डाबारे अहिले नै प्रष्ट नभए पनि भ्रातृ तथा शुभेच्छुक संस्था लगायतका विषयमा छलफल हुने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

अघिल्लो बैठकमा शेखर पक्षधरले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालेको थियो।

पदाधिकारी बैठक दिउँसो १ बजे पार्टी कार्यालय, सानेपामा बस्दैछ। कांग्रेसले नयाँ बन्न चाहने भातृ तथा शुभेच्छुक संस्था व्यवस्थापनबारे पदाधिकारी बैठकमा केही दिनदेखि छलफल गर्दै आएको छ।