Logo

बागमती पेज

असार ३०, २०७९ बिहीबार

त्रिबिमा अनेरास्ववियूको अनसन जारी 


काठमाडौँ । लाखौ विद्यार्थीहरुको भविश्य बोकेको त्रिभुवन विश्वविद्यालयभित्र विभिन्न किसिमका विकृति, विसङ्गति, र शैक्षिक अपराधीकरण काम भइरहेका छन् । त्यस्ता अपराधीकरण विरुद्ध विश्वविद्यालय सुधारको माग राख्दै अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले उपकुलपति द्धरा कार्यालय कीर्तिपुर मा अनसन थालेका छन् ।

आमरण अनसनमा काठमाडौ जिल्ला अध्यक्ष एटम बिद्रोहीले पनि एक्यवद्धता जनाउदै हिजो दोस्रो दिनबाट अनसन सुरु गरेका छन् ।

केन्द्रको आमरण अनसनप्रती एक्यवद्धता जनाउदै अनेरास्ववियू काठमाडौ जिल्ला कमिटी पनि माग सम्बोधनमा जुटेको छ ।  केन्द्रीय कमिटीसगै अनसनमा सरिक हुने कुरा एक्यवद्धता बिज्ञाप्ति मार्फत अवगत गराउँदै उनी अनसनमा जुटेका हुन् ।

यतिखेर केन्द्रीय अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्त स्वास्थ्य अवस्थामा समस्या देखिए सँगै हिजो देखि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना समेत भएका छन् ।

त्रिभुवन विश्वविद्यालयलाई मजबुत बनाउने यो स्वर्णिम आन्दोलनमा थप ऊर्जा थपी त्रिभुवन विश्वविद्यालय प्रशासनलाई  विद्यार्थीहरुको जायज माग सम्बोधन गराउन दबाब दिन हातेमालो गर्न पनि एटमले सबैसग अनुरोध गरेका छन् ।