Logo

बागमती पेज

असार ३१, २०७९ शुक्रबार

बूढानीलकण्ठ नगरपालिका वडा नं १ को प्रशासनिक भवन शिलान्यास


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं १ को प्रशासनिक भवन शिलान्यास गरिएको छ ।

बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले आज एक कार्यक्रमका बिच उक्त प्रशासनिक भवनको शिलान्यास गरेका हुन ।

वडा नं १ को तौलुंग नजिक करिव २ रोपनी क्षेत्रफलमा निर्माण हुन् लागेको छ । वडा कार्यालयको कार्यसम्पादनलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि भवन निर्माण गर्न लागिएको जानकारी दिँदै वडा नं १ का अध्यक्ष सुरेन्द्र लामाले १८ महिनाको अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताए ।

भवन शिलान्यास कार्यक्रममा नगर उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने, नेकपा एमाले क्षेत्र नं ४ का संयोजक बिदुर विक्रम खड्का, वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा नं ९ की अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, वडा नं २ का पुर्व वडाध्यक्ष राजेन्द्र खड्का, तथा वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

२०७९ बैशाख १९ गते सम्झौता भएर २०८० र असोज १८ गते सम्पन्न गर्ने गरी नव सृजनशील कन्ट्रक्सन कम्पनिले निर्माण सुरु गरिएको सो भवनको लागत १ करोड ५८ लाख ७९ हजार ५६ रुपैया रहेको छ ।