Logo

बागमती पेज

श्रावण ३, २०७९ मंगलबार

ट्याङ्कीमा डुबेर दैलेखमा दुई बालबालिकाको मृत्यु


काठमाडौँ । पानी ट्याङ्कीमा डुबेर दैलेखमा दुई जना बालबालिकाको मृत्यु भएको छ ।

दुल्लु नगरपालिका ३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार बेलुका मृत्यु भएको हो ।

कर्णाली कोटाछाल दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए ।