Logo

बागमती पेज

श्रावण ६, २०७९ शुक्रबार

ओखलढुङ्गामा नेकपा एमालेले प्रशासनलाई बुझायो ज्ञापन पत्र


काठमाडौँ । नेकपा एमाले जिल्ला कमिटी ओखलढुङ्गाले समसामयिक  विषयमा गम्भीर ध्यानाकर्षण गर्दे जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र पेस गरेको छ । जिल्ला भित्रका विभिन्न क्षेत्रमा भए गरेका अनियमितता र बेतिथिहरूलाई मध्यनजर गर्दे पार्टीले ज्ञापन पत्र बुझाएको हो । 

जिल्लामा यातायात भाडा दर तथा सडक निर्माण, गुण्स्तरहिन सामान तथा उच्च मूल्यवृद्धि, योजना तर्जुमा, लगायत विकास निर्माणमा जोडिएका कुनै पनि कार्यमा भएको अनियमितलाई लिएर पत्रमा उल्लेख गरिएको छ । 

यातायातका साधनमा उचित भाडा दर कायम गर्न, मूल्यवृद्धि तथा गुणस्तर हीन सामान बेचिखान गर्नबाट रोक लगाउन, योजना र विकास निर्माणका कार्यहरू सम्पन्न गर्न र बाँकी योजना तथा चालु योजना तत्काल सम्पन्न गर्न पार्टीले जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएको छ ।

आगामी दिनमा यस्ता गल्ती दोहरिन नदिन पनि पार्टीले चेतावनी दिएको छ ।