Logo

बागमती पेज

श्रावण ८, २०७९ आईतबार

प्रेस युनियनको मतगणना जारी, इतर समूह प्यानलको अग्रता


काठमाडौँ । नेपाल प्रेस युनियनको महाधिवेशन अन्तरगत जारी मतगणनामा संस्थापन इतर समूहको प्यानलले अग्रता बनाएको छ ।

अध्यक्ष र महासचिवसहित अधिकांश पदमा संस्थापन इतर समूहले अग्रता बनाएको हो ।

आइतबार बिहान ६०० मतगणना सम्पन्न हुँदा संस्थापन इतर समूहका शिव लम्सालले अध्यक्षमा अग्रता बनाएका छन् । उनले ३१६ मत पाउँदा संस्थापन प्यानलकी अनिता बिन्दुले २७१ मत पाएकी छन् ।

यस्तै महासचिवमा जगन्नाथ दुलालले १८३ मत पाउँदा दिलिप पौडेलले ४०१ मत पाएका छन् । प्रेस युनियनको साउन ६ गतेदेखि हेटौडामा महाधिवेशन सुरु भएको हो ।