Logo

बागमती पेज

श्रावण ८, २०७९ आईतबार

सल्लाघारीमा गुडीरहेको बस र स्कुटरलाइ रुखले किच्दा ३ जनाको मृत्यु


काठमाडौँँ । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरको दुघपाटी तर्फ जाँदै गरेको बा. २ ख ३५८४ नम्बरको बसमा सवार २ जना र बा. ६१ प ३९७८ नम्बरको स्कुटरमा सवार १ जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२ ब्यासी घर भएका २३ वर्षीय विशेष खर्बुजा छन् । अरु दुई जनाको परिचय खुलेको छैन ।

भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित ग्रिनल्याण्ड होटल गेट अगाडि गुडिरहेको बस र स्कुटरलाई सल्लाको रुख ढलेर च्यापेको थियो । दुर्घटनामा परेर घाइते भएका १२ जनाको उपचार भइरहेको छ ।