Logo

बागमती पेज

श्रावण ८, २०७९ आईतबार

पाल्पामा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु


काठमाडौँ । पाल्पामा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार बेलुकी ५ बजेतिर दुर्घटना भएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टर वीरदत्त पन्तका अनुसार दुर्घटनामा ३ महिला र ३ पुरुषको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १६ जनाको उपचारका लागि तानसेन अस्पताल लगिएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको तथा घाइतेको उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ ।