Logo

बागमती पेज

श्रावण १२, २०७९ बिहीबार

एसईईमा जिल्लाकै उत्कृष्ट हनुमन्तेश्वर र त्रिपुरा ग्लोरियस


काठमाडौँ । २०७८ सालको एसईई परीक्षामा दोलखा जिल्लाबाट हनुमन्तेश्वर उच्च माध्यामिक विद्यालय र त्रिपुरा ग्लोरियस एकेडेमीका परीक्षार्थी उत्कृष्ट नतिजा ल्याइ जिल्लाकै उत्कृष्ट घोषीत भएका छन् ।

सार्वजनिक भएको एसईई नतिजा अनुसार दोलखा जिल्लाको सामुदायिक विद्यालयतर्फ बैतेस्वर गाउँपालिका ४ स्थित हनुमन्तेस्वर माविका छात्र आदेश दाहाल सवैभन्दा बढी अंक प्राप्त गरी उत्कृष्ट अंक ल्याउन सफल भएका छन् । दाहालले ३ दशमलव ८० जिपिए प्राप्त गरेका छन् । हनुमन्तेश्वर माविकै छात्रा पुर्णिमा मिजार ३ दशमलव ७५ जिपिए प्राप्त गरी उत्कृष्ट अंक ल्याउन सफल भएकी छिन् ।

संस्थागत विद्यालयतर्फ चरिकोटस्थित त्रिपुरा ग्लोरिएस एकेडेमीका निकेश रिमाल ३ दशमलव ७५ जिपिए प्राप्त गरी दोस्रो स्थान हाँसिल गर्न सफल भएका छन् । संस्थागत विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा भने छुट्याउन बाँकी छ ।