Logo

भवानी कार्की

श्रावण १२, २०७९ बिहीबार

दोलखामा एक घर एक बाँदर अभियान


काठमाडौँ । बाँदरले आतङ्क मच्चाएपछि दोलखाको कालिञ्चोक गाँउपालिकामा एक घर एक बाँदर पालिने भएको छ । घरमा नै बाँदर पालिने भएपछि बालीनालीको सुरक्षा हुने भएकाले यो योजना ल्याइएको हो ।

आर्थिक बर्ष २०७९ /०८० को नीति तथा कार्यक्रममा पनि बाँदर पाल्ने योजना तय भएको छ । पालिकामा ९ वटा वडा रहेको र सबै वडाको प्रत्येक घरमा अनिवार्य बाँदर पाल्नुपर्ने गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद सिवाकोटीले बागमती पेज लाई जानकारी दिए । 

अध्यक्ष सिवाकोटीले वन्यजन्तुको बाँच्न पाउने अधिकार पनि सुरक्षित हुने र किसानको अन्नबाली पनि जोगिने भएकाले यो उपाय स्थानीय बासिन्दाकै सहमतिमा तय गरेको बताउनुहुन्छ ।” यो अभियानले बाँदरको प्रजनन दर घट्ने हुँदा धेरै हदसम्म समस्या समाधान हुन सक्छ ।”

बषौँदेखी बाँदरले अन्नबाली नष्ट गर्दे आएकाले घर मानै बाँदर पाले अन्नबाली जोगाउन सकिन्थोकी भन्दै आफुहरुले घरमै बाँदर पाल्ने योजना बनाएको स्थानियहरु बताउँछन् । 

बषौँदेखी बाँदरले हैरान पारेपछि कालिञ्चोक गाउँपालिकामा २० प्रतिशत स्थानीय बसाई सरी अन्यत्र जानाले कतिपय खेतबारी बाँझै रहेको छ ।