Logo

बागमती पेज

श्रावण १२, २०७९ बिहीबार

पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ गरेका छन् ।

पशुपति क्षेत्रमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले रुद्राक्षको बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन् ।

मन्त्री श्रेष्ठले विश्वका वैदिक सनातन हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षारोपण अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधनास्थलका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।