Logo

बागमती पेज

श्रावण १३, २०७९ शुक्रबार

नेपालमा बाघको संख्या ३५५ पुग्यो


काठमाडौं । नेपालमा बाघको संख्या ३५५ पुगेको छ । विश्व बाघ दिवसको अवसर पारेर सार्वजनिक तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा १२० थपिएका छन् ।

सन् २०१८ मा नेपालमा २३५ बाघ थिए । अहिले ३५५ पुगेको छ । सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन् ।

पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् ।