Logo

बागमती पेज

श्रावण १७, २०७९ मंगलबार

नेपालसँग बराबरी खेल्दै बंगलादेश फाइनलमा, नेपालको फाइनल पुग्ने सम्भावना कायमै


काठमाडौं : बंगलादेश साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको लिग चरणको अन्तिम खेलमा नेपालसँग बराबरी खेल्दै बंगलादेश फाइनलमा पुगेको हो ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दुबै गोल दोस्रो हाफमा भएको थियो । खेलको ६३ औं मिनेटमा मोहमद पियास अमहेद नोभाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।

निरन्जन मल्लले ६८ औं मिनेटमा गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसअघि दुबै १० खेलाडीमा समेटिएको थियो । बंगलादेशका सहिदुल इस्लाम र नेपालका दिपेश गुरुङले रातो कार्ड पाएका छन् ।

बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । नेपालले ४ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा छ । बंगलादेशले भने ४ खेलमा १० अंक जोडेको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको छ । अब नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीचको खेलको भारत पराजित हुनु पर्ने हुन्छ ।