Logo

बागमती पेज

श्रावण २०, २०७९ शुक्रबार

कुमारी आमा निहारिका प्रहरीको नियन्त्रणमा


काठमाडौँ । कुमारी आमा भनेर चिनिने निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूले न्याय नपाएको भन्दै अनसन बस्दै गर्दा राजपूतलाई प्रहरीले सिंहदरबारबाट नियन्त्रणमा लिएको हो ।

निहारिका १७ वर्षकी नाबालिग हुँदा उनीमाथी जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउदैँ आएकी छन् । उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिईन ।

बलात्कृत भइसकेपछि न्यायका लागि जहाँ पुगे पनि आफूलाई नै गलत देखाइएको भन्दै उनी पटक पटक अनसनमा बस्दै आएकी छिन् ।