Logo

बागमती पेज

श्रावण २०, २०७९ शुक्रबार

चितवनबाट स्वतन्त्र उम्मेद्धारी दिने हरी ढकालको घोषणा


काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निवार्चनमा चितवन क्षेत्र नं १ बाट हरी ढकालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पुँजी बजारको क्षेत्रमा लामो समय देखि आन्दोलन गर्दै आएका ढकाले पुँजि बजार मात्रै हैन समग्र देशको अर्थतन्त्र नै सुधार गर्नु पर्ने भएकाले आसन्न निवार्चनमा भाग लिनुको बिकल्प नभएको धारणा व्यक्त गरे ।

देश र जनताको भविष्य खोज्दै, अर्थतन्त्रको मेरुदण्ड शेयर बजारमा नीतिगत भ्रष्टाचारको विरुद्धमा लड्दै समग्रमा राजनैतिक बेथिती, सुधारोन्मुख अर्थतन्त्रका पक्षलाई मुख्य एजेन्डा बनाएर राजनैतिक यात्रा सुरु गरेको ढकालको भनाई छ ।

ढकाल सेयर लगानिकर्ता दबाब समूहका अध्यक्ष समेत रहेका छन् । चितवन क्षेत्र नं १ नेकपा एमालेका नेता तथा सांसद सुरेन्द्र पाण्डेको क्षेत्र हो ।