Logo

मेघनाथ पहाडी

श्रावण २५, २०७९ बुधबार

रिलायन्स लाइफ इन्स्योरेन्स शाखा प्रमुख संगीता गिरी सम्मानित


काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको ‘नेशनल विजनेस कन्फ्रेन्स अवार्ड’ कार्यक्रममा रिलायन्स लाइफ इन्स्योरेन्स कर्पोरेट शाखा प्रमुख संगीता गिरी सम्मानित भएकी छन् ।

कम्पनीले तोकेको समय अवधिमा टार्गेट पुरा गरेकी गिरी उक्त पुरुस्कारबाट सम्मानित भएकी हुन् । उनले विगत चार वर्षदेखि प्रत्येक वर्ष अवार्ड प्रथमबाट सम्मानित भएकी हुन् ।

रिलायन्समा यस आर्थिक वर्ष २०७८/७९ मा पनि १३० शाखा तथा उप-शाखामध्ये हाई प्रिमियम कलेक्सन गर्न सफल भएकोमा उनको मेहनत र लगनशिलताको कदर गर्दे कम्पनीले उनलाई सम्मान गरेका हो । उक्त कनफ्रेन्समा अन्य थुप्रै विधाका विभिन्न अवार्ड समेत प्रदान गरीएको थियो ।

उनले भनिन्, ‘एक पटक टार्गेट पुरा गरेर कम्पनीबाट सम्मानीत भएपश्चात म आफैमा काम प्रति अझ लगाव बढ्यो । यसरी आफ्नो टार्गेट पुरा गरी सम्मानित हुँदा मनमा निकै उत्साह छायको छ । त्यसै हौसलाले पनि हरेक वर्ष यस कम्पनीमा सम्मानित हुँदै आएकी छु ।’

अहिलेको वर्तमान अवस्थामा इन्स्योरेन्स क्षेत्रमा बढ्दो प्रतिश्पर्धाको सामना गर्दै प्रिमियम टार्गेट पुरा गर्न निकै चुनौती रहेको छ । त्यस कारण कुनैपनि कार्य गर्दा धैर्यता पुर्वक गर्दा अवश्य सफल भईन्छ भन्ने समेत शाखा प्रमुख गिरीको धारणा रहेको छ ।

अन्य इन्स्योरेन्स कम्पनीमा विगत १० बर्षदेखी इन्स्योरेन्स गराउँदै आएकी उनी रिलायन्समा चार बर्षदेखी आबद्ध छन् । मार्केटीङलाई आधार बनाएर अघि बढेकी उनले मार्केटीङ क्षेत्रबाट पनि बेस्ट डिलिङको अवार्ड पाएकी थिइन् ।

सुरुवाती चरणदेखीनै आफ्नो टार्गेट पुरा गरेकी उनले लगातार चार बर्षसम्म कम्पनीले तोकेको समय अगावै टार्गेट पुरा गरेर पुरस्कार हात पार्न सफल भइन् । सानैदेखी हक्की र निडर स्वभावकी शाखा प्रमुख गिरीको आफ्नो कामप्रती पहिला देखि नै लगानशिलता भएको समेत उनले बताईन् ।