Logo

बागमती पेज

श्रावण २७, २०७९ शुक्रबार

जनैपूर्णिमाका दिन क्‍वाटी र यसको फाइदा


काठमाडौँ । श्रावण कृष्ण प्रतिपदा अर्थात जनैपूर्णिमाका दिन ११ थरिका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्‍वाटी खाने चलन रहेको छ ।  यसरी क्‍वाटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षा यामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो हट्ने विश्वास गरिन्छ । 

विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्‍वाटीको रस खाएमा शरीरमा शक्ति बढ्ने र रोग सँग लड्ने  प्रतिरोधी क्षमता वृद्धि हुने चिकित्सकहरु बताउँछन् । जनैपुर्णिमाको दिन खाइने क्‍वाटीले समयको परिवर्तन सँगै  धार्मिक र साँस्कृतिक, महत्वलाइ पनि दर्शाउने संस्कृतीविद् रमेश ढुंगेल बताउँछन् । 

क्‍वाटीको खास अर्थ तातो झोल पदार्थ भन्ने हुन्छ । धार्मिक मान्यता अनुसार नौ थरीका गेडागुडीको मिश्रण गरी, त्यसको टुसा उमारेर प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमाको रातमा क्‍वाटी खाने गरिन्छ । क्‍वाटी खाने प्रचलन जनै पूर्णिमाको विशेषता नै हो।

खासगरी वर्षायाममा खेती किसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले पनि क्‍वाटीको प्रचलन सुरु भएको मानिन्छ ।क्‍वाटीबाट पूर्ण प्रोटिन पाइने पोषणविदहरुको भनाई छ । यसलाई शक्तिवर्दक खान्कीको रुपमा लिइन्छ ।