Logo

भवानी कार्की

भाद्र ६, २०७९ सोमबार

प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्धरा दोलखाका २१७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण


काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दोलखाको भीमेश्वर नगरपालिकामा रहेको श्री कालिन्चोक उच्च माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी परिषद्को सेवा कार्य अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत २१७ जना विद्यार्थीहरूलाई  शैक्षिक सामग्री वितरण गरिएको हो ।

यस अघि परिषद्ले सिन्धुपाल्चोकको शारदा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको छ । अबको क्रममा ९ वटा हिमाली जिल्ला रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्ला जिल्लाका विद्यालयमा शैक्षिक सामग्री वितरण गरिने कार्यक्रम रहेको विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपानेले बागमती पेजलाई जानकारी  दिए ।

कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय सङ्गठन सचिव नारायण प्रसाद ढकालले विगत २७ वर्षदेखि निरन्तर सेवा गर्दै आइरहेको  छन्। यसलाई निरन्तरता दिने क्रममा परिषद्ले ११ वटा हिमाली जिल्लाका विद्यार्थीलाई भारतीय जनता र भारत सकारबाट प्राप्त भएको शैक्षिक सामाग्री वितरण गरिएको बताए ।

कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरले  परिषद्को सेवा कार्यको उच्च प्रशंसा  गर्दे आफ्नो नगरको विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएकोमा परिषद्लाई धन्यवाद प्रदान गरेको छ।

विद्यालयका प्राचार्य नवराज सुवेदीले जिल्लाको उत्कृष्ट विद्यालय रहेको आफ्नो विद्यालयमा अध्ययनरत  विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकोमा विद्यार्थी परिषद् परिवारलाई आभार व्यक्त गरे ।

उक्त शैक्षिक सामग्री वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, भीमेश्वर नगरपालिका प्रमुख ईश्वरनारायण मानन्धर, राष्ट्रिय सङ्गठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव छितराज न्यौपाने, विद्यालयका प्राचार्य नवराज न्यौपाने, व्यवस्थापन समिति अध्यक्ष सुवास श्रेष्ठ, कालिन्चोक  बहुमुखी क्याम्पस प्रमुख कृष्ण बहादुर गौतम लगायतको उपस्थित रहेको थियो ।

२०५२ सालमा स्थापना भई  देशका ७७ वटै जिल्लाका शिक्षण संस्था, माध्यमिक तह, कक्षा ११ र १२ क्याम्पस तथा विश्वविद्यालयहरूमा कार्य गरिरहेको परिषद्ले विद्यार्थी, शिक्षक शिक्षाविद्हरूलाई  सङ्गठित गर्दै असल व्यक्ति निर्माणका माध्यमबाट राष्ट्रलाई परम वैभवको स्थितिमा पुर्‍याउने लक्ष्य लिएको छ ।