Logo

बागमती पेज

भाद्र २०, २०७९ सोमबार

दुर्घटनामा अपाङ्ग भएकालाई अरनिको यातायातले मासिक १५ सय भत्ता दिने


काठमाडौँ । अरनिको यातायात सेवा समितिको रुपान्तरित पूर्व अरनिको यातायात प्रालिले कम्पनीको बस दुर्घटनामा घाइते भई अपाङ भएका यात्रुलाई मासिक १ हजार ५०० भत्ता दिने भएको छ ।

कम्पनीको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले समितिअन्तर्गत सञ्चालित बस दुर्घटनामा परी अपाङ जीवन बिताइरहेका यात्रुलाई उक्त मासिक भत्ता दिने निर्णय गरेको हो ।

समितिको निर्णयानुसार अपाङ्गता भएकाले अबदेखि थप मासिक ५०० रुपैयाँ भत्ता पाउने भएका हुन् । यसअघि समितिले यस्तो भत्ता एकहजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो ।

बैठकले अरनिको सम्बद्ध यातायात व्यवसायीको मृत्यु भए सहयोगस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । पहिला ५ लाख रुपैयाँ राहत उपलब्ध गराउँदै आएको थियो । उक्त राहत रकम पनि बढाएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

समितिले यातायात मजदुरहरुको १० लाखको दुर्घटना बीमा गर्नेसमेत गरेको उनले बताए । अरनिको यातायातका कर्मचारीहरुको कामको सिलसिलामा मृत्यु भएमा ३ लाख सहयोग दिने पनि निर्णय गरिएको छ ।