Logo

बागमती पेज

भाद्र ३०, २०७९ बिहीबार

अथर्व बिजनेश कलेजले ‘फुट एण्ड म्युजिक फेस्टा’ गर्ने


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३, चक्रपथमा रहेको अथर्व बिजनेश कलेजले ‘फुट एण्ड म्युजिक फेस्टा–२०२२’ को आयोजना गर्ने भएको छ । अथर्वमा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा ‘फुट एण्ड म्युजिक फेस्टा–२०२२’ आयोजना हुन लागेको हो ।

असोज २ र ३ गते (दुई दिन) सम्म चल्ने उक्त ‘फुट एण्ड म्युजिक फेस्टा–२०२२’ काठमाडौँ उपत्यकाका अधिकांश विद्यार्थीहरू अवलोकन गर्ने गरी तयारी थालिएको छ । फेस्टालाई भव्य बनाउनका लागि विद्यार्थीहरूले अथक मेहनत गरिरहेका छन् । भने अवलोकनकर्ताको संख्या बढाउनका निम्ति निम्ति सामाजिक सञ्जाल प्रमोसनदेखि विभिन्न कलेजहरूमा पुगी सूचना प्रवाह भइरहेको छ ।

फुट फेस्टा अन्तर्गत अथर्भमा अध्ययनरत विद्यार्थीहरूले तयार गरेको मौलिक तथा विभिन्न चर्चित खानाका परिकारहरूको प्रदर्शनी हेर्न र स्वाद लिन सकिनेछ ।

यस्तै, म्युजिक फेस्टा अन्तर्गत चर्चित ब्यान्ड, चर्चित कलाकार र विद्यार्थीहरूको प्रस्तुति रहने छ । जसमा चर्चित ब्यान्ड अनुप्रस्थ, गन एल्भिस, परिवर्तन ब्यान्ड, रक ब्यान्ड, सोनिगा ब्यान्ड लगायतको प्रस्तुति रहने छ ।

चर्चित गायक सन्देश राज कोइराला, नेपाल आइडल उपाधि विजेता सज्जा चौलागाईँ, गायिका अस्मिता अधिकारी, हास्य कलाकार सुमन कार्की र अध्ययनरत विद्यार्थीहरूको विशेष प्रस्तुति हुनेछ ।

ब्याचलर तहका लागि विद्यार्थीहरूले खोज्ने र रोज्ने कलेज मध्य एक बनेको अथर्व कलेजले फुट एण्ड म्युजिक फेस्टाबाट आफूलाई झनै अब्बल साबित गर्ने विश्वास रहेको आयोजक एक विद्यार्थीले बताए ।

अथर्व कलेजमा ब्याचलर तहमा बिबिए, बिएचएम र बिएचसिएम कोर्ष रहेका छन् । अथर्व यत्ति बेला ब्याचलर तहको नयाँ भर्नामा केन्द्रित भएको छ । यसका बाबजुद विद्यार्थीहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै ‘फुड एण्ड म्युजिक फेस्टा’को आयोजना गर्न लागेको कलेज प्रशासनले जनाएको छ ।

‘विद्यार्थीहरूले कोर्ष अन्तर्गत सिकेका कुराको प्रयोग तथा विद्यार्थीहरूको क्षमताको प्रदर्शनीका लागि विद्यार्थीहरूले फुड एण्ड म्युजिक फेस्टाको आयोजना गर्न लागेका हुन्’, अध्यक्ष मनोज थापाले बताए । थापा भन्छन्, ‘विभिन्न कलेजहरूबाट हाम्रो निम्ता सहर्ष स्वीकार गर्दै बढिभन्दा बढि विद्यार्थीहरू अवलोकन गर्न सहभागी हुनुहुनेछ भन्ने आशा लिएका छौँ ।

भिजिटका लागि आउनु हुने विद्यार्थीहरूका लागि पनि नयाँ सिकाइको विषय बनोस् भन्नका लागि केही नयाँ कुराको प्रयोग गर्ने भएका छौँ । जुन कुरा असोज २ र ३ मा हुने फुड एण्ड म्युजिक फेस्टा अवलोकनको क्रममा यहाँहरूले देख्नु हुनेछ ।’