Logo

बागमती पेज

भाद्र ३१, २०७९ शुक्रबार

अन्तरकलेज स्तरीय फुटसल कपअन स्पोर्टस् सेन्टरमा


काठमाडौँ । काठमाडौँ खेलकुद समाज तथा सरस्वतीनगर स्र्पोटस क्लबको संयुक्त आयोजना तथा कपअन स्र्पोटस सेन्टरको प्राविधिक सहयोगमा आज बाट अन्तरकलेज स्तरीय फुटसल प्रतियोगिता शुभारम्भ भएको छ ।

पहिलो दिन सम्पन्न खेलहरुबाट भिएस निकेतन कलेज, बुक्रलिन कलेज, मनास्लु, टेक्सास, केयु सिटि, ओरिन्ट तथा न्युमिलिनियम कलेज क्वाटर फाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

असोज ३ गते संविधान दिवसको अवसर पारेर समापन हुने कार्यक्रममा छात्रा तर्फका खेलाडीहरुको समेत प्रतिस्पर्धा हुने बताइएको छ ।

गोर्खा ब्रुअरी, सगरमाथ इन्सुरेन्स, गोकर्णश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, सांसद दिव्यमणी राजभण्डारी लगायतका व्यक्तिहरुको विशेष सहयोग रहेको सो प्रतियोगिता नेपालको सबैभन्दा ठुलो इण्डोर खेल मैदान मध्येमा पर्ने कपअन स्र्पोटस सेन्टरमा भइरहेको छ।

१९ टिम सहभागी प्रतियोगितको उद्घाटन नेपाली काँग्रेसका नेता एवम् नेपाल ह्याडबल संघका कार्यवहाक अध्यक्ष रामकृष्ण केसी , समाजवादी पार्टी काठमाडौंका सचिव एवम् जिखेविस काठमाडौंका पुर्व उपाध्यक्ष धुव्रराज न्यौपाने, एवम् आयोजक समितिका अध्यक्ष बद्रि भट्टराईले संयुक्त रुपमा गर्नु भएको थियो ।