Logo


काठमाडौँ । भीमेश्वर नगरपालिका बजार क्षेत्रमा फोहोर व्यवस्थापनको लागि डस्टविन सहयोग गरेको छ । बुधवार एक कार्यक्रममाझ डिभिजन वन कार्यालय दोलखाले डस्टविन सहयोग गरेको हो ।

कुहिने र नकुहिने फोहोर संकलनको लागि फरक–फरक डस्टविन वितरण गरिएको थियो । डिभिजन वन कार्यालय दोलखाले भीमेश्वर नगरपालिकालाई एक सय वटा डस्टविन सहयोग गरेको छ ।

चरिकोट बजार क्षेत्रलगायतमा फोहोर संकलनको लागि सहजता ल्याउनको लागि डस्टविन सहयोग गरेको डिभिजन प्रमुख थिर बहादुर कार्कीले बताएका छन् । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयअन्र्तरगत डस्टविन खरिदको लागि प्रति गोटा तीन हजार छ सय उपलब्ध गरिएको जनाईएको छ ।

डिभिजन वन कार्यालयमा भीमेश्वर नगरपालिका प्रमुख ईश्वर नारायण मानन्धरलाई डिभिजन प्रमुख थीर बहादुर कार्कीले डस्टविन हस्तान्तरण गरेका थिए ।

सोही कार्यक्रममा नगर प्रमुख मानन्धरले डिभिजन वन कार्यालयसँग सहकार्य गरेको लालीगुराँस युवा क्लवका अध्यक्ष प्रविन श्रेष्ठलाई डस्टविन हस्तान्तरण गरेका हुन् । प्राप्त गरेका डस्टविन बजारका विभिन्न स्थानमा राखिने अध्यक्ष प्रविन श्रेष्ठले जनाएका छन् ।

भीमेश्वर नगरपालिका चरिकोट बजार क्षेत्रका विभिन्न स्थानमा कुहिने र नकुहिने फोहोर राख्नका लागि भीमेश्वर नगरपालिकालाई एक सय, जिरी नगरपालिकालाई असी र सिंगटी बजारका लागि २० वटा डस्टविन उपलब्ध गराईएकोे डिभिजन प्रमुख थीरबहादुर कार्कीले जानकारी दिए । डस्टविनका साथै डस्टविनराख्ने फलामका स्टेन्ड समेत उपलब्ध गराईने उनले बताए ।