Logo

बागमती पेज

कार्तिक १७, २०७९ बिहीबार

भैरहवाबाट हिमालय एयरलाइन्सले थाल्यो दैनिक मलेसिया उडान


काठमाडौँँ । हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान थालेको छ । हिमालय जजिरा एयरवेजपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने दोस्रो कम्पनी बनेको छ ।

बिहीबार मलेसियाको क्वालालम्पुर विमानस्थलबाट भैरहवा अवतरण गरेको हिमालय एयरलाइन्सको पी(३२०जहाज बिहीवार क्वालालम्पुरका लागि उडेको हो । हिमालयले मलेसिया पठाउने अधिकांश यात्रुलाई काठमाडौंबाट भैरहवा ल्याएको थियो । १३५ यात्रुलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर पठाइएको हो ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार अहिले दैनिक चार्टड उडान थालिएको हो । यो परीक्षण सफल भएमा हिमालयले सेड्युल उडान थाल्ने उनले जानकारी दिए । चार्टर्ड भएपनि दैनिक रुपमा नियमित दरकै भाडामा हिमालयले भैरहवाबाट उडान भर्नेछ ।