बारा : जीतपुर सिमरा उपमहानगर वडा न ७ का वडाध्यक्ष सुनील गुप्ताले बारा निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन् ।
गुप्ताले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन बिथोल्ने उद्देश्यले उपमहानगरको कार्यालयमा रहेको निर्वाचन कार्यालयमा आइतबार १ बजे तालाबन्दी गरेका थिए । प्रहरीको सहयोगमा केहीबेरअघि ताला खोलिएको छ ।
ताला खोलेसँगै वडाध्यक्ष गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडाअध्यक्ष गुप्ताको नेतृत्वमा वडा सदस्यहरू सीता उप्रेतीसहितको टोली तालाबन्दीमा सहभागी भएको उपमहानगरले जनाएको छ ।
नगर प्रमुख राजन पौडेलले तत्काल प्रहरीमा जाहेरी दिने बताएका छन् । गुप्ता नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
प्रतिक्रिया दिनुहोस्