Logo

बागमती पेज

कार्तिक २३, २०७९ बुधबार

टाइगरसँगको मनमुटावले रोकियो करणको फिल्म


काठमाडौँ । बलिउड निर्माता तथा निर्देशक करण जोहरले अभिनेता टाइगर श्राफका साथ फिल्म ‘स्कू ढीला’को घोषणा गत जुलाईमा गरेका थिए । यो फिल्मको टिजर पनि सार्वजनिक भएको थियो ।

एक्सन फ्लेभरको फिल्म भनिए पनि टिजर सार्वजनिक भएपछि कुनै नयाँ अपडेट बाहिर आएन । अहिले यो फिल्मको निर्माण कार्य अनिश्चितकालका लागि रोकिएको खबर बाहिर आएको छ । समाचार अनुसार करण र टाइगरबीच पारिश्रमिकलाई लिएर सहमति जुट्न नसकेपछि फिल्मको काम रोकिएको हो ।

फिल्म ‘स्टुडेण्ट अफ द इयर २’ पछि करणले टाइगरसँग एक फूल फ्लेज एक्सन फिल्म गर्ने चाहना राखेका थिए र ‘स्क्रु ढिला’को घोषणा गरेका थिए ।

टाइगर यो फिल्मका लागि निकै उत्साहित थिए । त्यही कारण करणसँग पारिश्रमिकको विषयमा टाइगरले कुरा गरेका थिएनन् । तर टाइगरको टिमको एक सदस्यबाट टाइगरले ३० करोड रुपैयाँ मागेको कुरा सुनेपछि करण चकित परेको बताइन्छ ।