Logo

बागमती पेज

कार्तिक २७, २०७९ आईतबार

दुई विदेशी बिरामी पर्यटकको गौरीशंकरको जाबोकबाट उद्दार


काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिकाबाट दुई जना विदेशी पर्यटकको उद्धार गरिएको छ ।

पर्यटन विभागबाट अनुमति लिएर दोलखाको पर्यटकीय क्षेत्र भ्रमणमा आएका दुई अष्ट्रियन नागरिक बिरामी भएपछि उद्धार गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइरालाले गौरीशंकर गाउँपालिकाको जाबोकबाट अष्ट्रियाका जोसेफ र उल्फ तथा नेपाली गाइड फुर्वा तेज्जिङ शेर्पाको हिजो उद्धार गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले सिफारिस दिएपछि उनीहरुलाई हेलिकोप्टर मार्फत उद्धार गरी काठमाडौँ लगिएको थियो ।

यद्धपी ती नागरिकहरु कुन–कुन स्थानको भ्रमणका लागि अनुमति लिएको आएको हो भन्नेबारे खुलेको छैन