Logo

बागमती पेज

कार्तिक २७, २०७९ आईतबार

नेपाल योग खेलकुद संघको चौथो राष्ट्रिय खेल सम्पन्न


काठमाडौँ । नेपाल योग खेलकुद संघद्धरा आयोजित “नेपाल योग खेलकुद प्रतियोगिता” चौथो संस्करणमा पुगेको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ८ मा एक कार्यक्रम उद्घाटन गर्दे योग खेलकुदको चौथो संस्करणको शुरु गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्मा विधिवत् रूपमा दर्ता भइसकेको यस योग खेलकुद संघले योगसँग सम्बन्धित विभिन्न खेलकुद प्रतियोगिताहरू गर्दै आइरहेको छ । खेलकुद संघले नेपालका विभिन्न स्थानमा योगसँग सम्बन्धित खेलहरू खेलाएर उत्कृष्ट खेलाडीहरूको छनोट गर्दै आइरहेको छ ।

उत्कृष्ट खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म खेल खेलाइरहेको यस संघले योग खेलकुदलाई विश्व सामु चिनाउने अभियानमा लागि परेको नेपाल योग खेलकुद संघ काठमाडौँका जिल्ला अध्यक्ष केदारमान भण्डारीले बागमती पेजलाई जानकारी दिए । 

अध्यक्ष भण्डारीले हरेक मानिसको स्वास्थ्यका लागि योगा अत्यन्तै महत्वपुर्ण रहेका कारण योगालाई खेलमा परिणत गरी योग खेलकुदलाई सफल बनाउनका निमित्त लागि परेको बताए । हरेक मानिसलाई कुनै न कुनै कुराले चिन्तित बनाउँछ, शरीरको थकान मेटाउन, पारिवारिक फ्रस्टेसनबाट मुक्त हुन र दिमागलाई शान्त बनाउन लागि पनि दिनको १ घण्टा सबैले योगा गर्नुपर्ने समेत जानकारी दिए ।

उनले भने, “योगा हामी सबैको लागि महत्पूर्ण विषय हो । हामी मानव प्रकृतिमै हुर्केर प्रकृतिमै रमाउने भएका कारण योग वा ध्यान गर्दा शान्त मनोरम प्रकृतिकै बिचमा गर्दा राम्रो हुन्छ । हाम्रो समाजमा योगा भन्ने बित्तिकै ठुला ऋषि, साधु सन्तहरूले मात्र गर्ने हो भन्ने बुझिन्छ तर सबै उमेर समूहका मानवका लागि योग खेलकुद र योगा गर्नु जरुरी छ ।”

चौथो योग प्रतियोगितालाई सम्बोधन गर्दै कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले लामो समय ऋषिहरूले निरन्तर ध्यानबाट प्राप्त गरेको शिक्षालाई चिन्तन, मनन गर्न हाम्रो समाज पछि परेको बताए । प्रमुख कार्कीले योग खेलकुदलाई प्राथमिकताका साथ अघि बढाउनु पर्छ भन्दै कागेश्वारी मनोहरालाई योग खेलकुदमैत्री बनाउन तयारी रहेको समेत उद्घोष गरे ।

नेपाल योग खेलकुद संघले आउदो १, २ र ३ डिसेम्बर २०२२ मा भारतको वैङ्लोरमा हुन गईरहेको वल्र्ड च्याम्पिएनशिप योगा स्पोर्टसमा नेपालको तर्फ बाट ३० जना खेलाडी सहभागी गराउने तयारी गरेको छ ।