Logo

भवानी कार्की

कार्तिक २७, २०७९ आईतबार

५ वर्ष सम्म जनताको सेवक भएर काम गर्नेछु : उम्मेदवार लामा


काठमाडौँ । देशमा चुनावी माहोल तातेसँगै दोलखा यतिबेला गठबन्धनमय बनेको छ । दोलखाको प्रदेश तर्फ क्षेत्र नं २ बाट गठबन्धनका साझा उम्मेदवार बनेका बर्मा लामा घरदैलो तथा सभा सम्मेलनमा व्यस्त छन् ।

आईतवार दोलखाको चरिकोटमा आयोजित एक सभालाई सम्बोधन गर्दै उम्मेदवार लामाले आगामी निर्वाचन पश्चात ५ वर्ष सम्म जनताको सेवक भएर काम गर्ने बताएका छन् । मलाई निर्वाचित गराएपछि सिङ्गो दोलखा र यस निर्वाचन क्षेत्रका लागि आगामी ५ वर्ष सम्म जिल्लाका समस्या समाधान गर्न लागिपर्ने उम्मेदवार लामाले प्रतिवद्धता जनाए ।

उक्त सभामा क्रिश्चियन धर्म भित्रका विभिन्न समस्या र समाधनाका बारेमा छलफल गरिएको थियो । क्रिश्चियन धर्मलाई हाल विभिन्न स्थानमा समाधि स्थलको अभाव रहेको बारे खण्डन गर्दै उम्मेदवार लामाले समस्या समाधान गर्न आफू प्रतिवद्ध भएर लाग्ने बताए । उनले क्रिश्चियन समुदाय भित्रै पनि विभिन्न समस्या र एकता नभएको देखिएकाले पहिला एकबद्ध हुन सुझाए ।

उम्मेदवार लामाले भने, “सबैले आ–आफ्नो धर्मलाई मान्न पाउनुपर्छ । क्रिश्चियन समुदायले पनि क्रिश्चियन मात्र नभएर सबै धर्मलाई सम्मन गर्दै अगाडी बढ्नुपर्छ । सबै धर्मको सम्मान गर्नुपर्छ ।”

उम्मेदवार लामाले विभिन्न ठाउँमा समाधि स्थल बनाउनका लागि बजेटको व्यवस्था गरिसकेको बताए । आफ्नो निर्वाचन क्षेत्र भित्र क्रिश्चियन समुदायको लागि समाधि स्थल बन्छ भन्नेमा उनले आश्वासन समेत दिएका छन् ।