Logo

मेघनाथ पहाडी

मंसिर ६, २०७९ मंगलबार

२७ सय ११ मतको अग्रता, जित सुनिश्चित गर्दै गगन थापा !


काठमाडौँ, ०६ मंसिर । काठमाडौँ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फराकिलो मतान्तरको अग्रता देखाएका छन् ।

बूढानीलकण्ठ नगरपालिका भित्रका ८ वटा वडाहरुको मतगणना सकिँदा थापाले २७ सय ११ मतको अग्रता लिएका छन् ।

निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार हाल २५ हजार ९ सय ६३ मत गणना हुँदा थापाले ११ हजार ९ सय ८८ मत पाएका छन् ।उनका प्रतिश्पर्धि नेकपा (एमाले) तर्फका उम्मेदवार डा. राजन भट्टराईले ९ हजार २ सय ७७ मत प्राप्त गरेका हुन् ।

एमालेको गड मानिने बूढानीलकण्ठ क्षेत्र भित्रका मतदान स्थलको मत गणना गर्दा गगनले २७ सय ११ मतले अग्रता लिँदै आफ्नो जित सुनिश्चित गरेका हुन् । महानगर भित्रका ४ वटा वडामा एमाले भन्दा कांग्रेस केहीमतले अगाडी रहेको कांग्रेस निकट नेताहरु बताउँछन् । त्यसैले डा भट्टराईलाई पराजित गर्दै गगनले जित हासिल गर्ने अनुमान गरिएको छ ।

त्यसैगरी राप्रपाका उम्मेदवार डा ठाकुर मोहन श्रेष्ठले १ हजार ४ सय ३९ र स्वतन्त्र उम्मेदवार अर्जुन कुमार प्रशाईले क्रस खुकुरी चिन्ह बाट १ हजार १ सय ११ मत प्राप्त गरेका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेशसभा २ तर्फको बूढानीलकण्ठ वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछन् । यस क्षेत्रको प्रतिनिधिसभा सदस्य पदको मत गणना सकिएको छ । काठमाडौँ–४ निर्वाचन क्षेत्रबाट ३१ जना उम्मेदवार रहेका थिए ।