Logo

मेघनाथ पहाडी

मंसिर ८, २०७९ बिहीबार

सिन्धुपाल्चोक-१ : माधव सापकोटा विजयी


सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका माधव सापकोटा (सुबोध) विजयी भएका छन्।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुबोधले एमालेका सरेश नेपाललाई ३३५६ मतले पछि पार्दै विजयी भएका हुन्।

उनले ३० हजार ३७४ मत प्राप्त गरे। नेपालले भने २७ हजार १८ मत पाएका छन्।

जनयुद्धकालीन राजनीतिबाट हुर्केका ४१ वर्षीय उनी पहिलो पटक उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका थिए।