Logo

भवानी कार्की

मंसिर ९, २०७९ शुक्रबार

दोलखा ‘बुथ कब्जा’को कलंक कहिलेसम्म !


काठमाडौँ । प्रत्येक पाँच–पाँच वर्षमा निर्वाचन आयोगले स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन गर्छ । केहि दिन अघि मात्र प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ । देशका अधिकांश ठाउँका मत गणना सकिएर निर्वाचनको नतिजा समेत आईसकेको छ ।

तर दोलखामा भने अहिलेसम्म मत गणना हुन सकेको छैन । जसको मुख्य कारण हो “बुथ कब्जा” निर्वाचनको दिन गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेको आरोपमा नेकपा एमाले दोलखाले निर्वाचन आयोगमा उजुरी दिएपछि आयोगले मत गणनामा रोक लागाएको हो । आयोगले अहिलेसम्म अन्तरिम आदेश नदिँदा र मत गणना हुन नसक्दा दोलखामा सन्नाटा छाएको छ ।

गएको बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पनि दोलखामा बुथ कब्जा भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । केहि ठाउँमा झडप भएका र केही मतदान स्थालमा प्रहरीले गोली समेत चलाएको समाचार प्रकाशित भएका थिए । त्यही समाचारका आधारमा आयोगले यस पटक निर्वाचनमा संवेदनशिल क्षेत्रमा विशेष निगरानीको समेत व्यवस्था गरेको थियो । तर दोलखामा जुन समस्याको डर थियो त्यही भयो ।

निर्वाचनको दिन क्षेत्र नं १ का ९ वटा केन्द्रबाट गठबन्धन दलका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप नेकपा एमालेले लगायो । र निर्वाचनकै दिन एमालेले आयोगमा उजुरी दियो । जसकारण जिल्लामा अहिलेसम्म मत गणना हुन सकेको छैन ।

दोलखा अपडेट: बुथ कब्जा गरेको एमालेको आरोप, गणना शुरु नहुँदा गठबन्धनको आपत्ति !

गठबन्धन दलका उम्मेदवारहरु स्वयम् मत गणनाको माग गर्दै धर्नामा बसे तर आयोगले अनुमति दिएन । गठबन्धनले निर्वाचन जित्ने पक्का भएपछि एमालेले बुथ कब्जा गरेको आरोप लगाएको गठबन्धनका उम्मेदवारहरुको आरोप छ । यता एमालेका उम्मेदवार भने आयोगले गर्ने निर्णयको पक्षमा छन् ।

दोलखा क्षेत्र नं १ स्थित बैतेश्वर गाउँपालिका, गौरीशंखर गउँपालिका र तामाकोशी गाउँपालिका लगायत अधिकांश स्थानमा बुथ कब्जा र झडप भएको कारण प्रहरीले धेरै पटक हवाइ फायर समेत गरेको थियो । चुनावको समयमा निर्वाचन आयोगले “रेड जोनमा” राखेको दोलखा यस पटक बुथ कब्जाको कलंक मेटिनुत परको कुरो झनै ठुलो धव्बा लाग्यो ।

यसर्थ दोलखामा के बुझिन्छ भने, मतदाताले प्रयोग गरेका मतधिकारको सहि प्रयोजन त हुन सकेन, राजनीतिक स्थाईत्व नहुँदा एक अर्कामा आरोप र प्रत्यरोपका कारण दोलखाका जनताले देखेका परिवर्तन र विकासका सपना कहिले पुरा हुन्छ । बुथ कब्जाले बदनाम भएको दोलखालाई यस पटक झनै ठुलो दाग लागेको छ ।

यस निर्वाचनमा दोलखा सत्ता गठबन्धनका तर्फबाट प्रदेश १ मा कुन्दन काफ्ले, प्रदेश २ मा कांग्रेका जिल्ला सभापति बार्मा लामा र प्रतिनिधिसभा तर्फ मावबादी केन्द्रका गंगा कार्की उम्मेदवार छन् । नेकपा एमालेको तर्फबाट प्रदेश सभा १ मा नर बहादुर श्रेष्ठ, क्षेत्र नं २ मा भरत बहादुर केसी र प्रतिनिधिसभा तर्फ बालकृष्ण शिवाकोटी उम्मेवार रहेका छन् ।