Logo


कस्तो हुन्छ होला, म मरेको दिन

रातो छाडि सेतोमा,तिमी सरेको दिन

पागल सरी तिमी, चिच्याउँछौ होला

ओहो, तिम्रो नयनबाट आँसु झरेको दिन

चार काँध लगाइ,मेरो लास उठाइ जाँदा

सम्हालिन्छौ कसरी तिमी,त्यस्तो परेको दिन

विधुवालाई हेर्ने समाजको,नियत मै खोट छ

जोगिन्छौ कसरी ब्वाँसाहरूले,आँखा तरेको दिन

यस्तो परिस्थिति आइहाले,दोस्रो बिहे गर्नु सानी 

माथि बाटै हेर्नेछु तिमिले,बिहे गरेको दिन

लेखक-देव पोखरेल