Logo

मेघनाथ पहाडी

मंसिर ९, २०७९ शुक्रबार

लायन्स क्लब अफ काठमाडौँ अभिवादन स्थापना


काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ अभिवादन स्थापना गरिएको छ । १८ नोभेम्बर २०२२ बाट क्लबको स्थापना गरिएको हो ।

द इन्टरनेशनल एशोसियसन अफ लायन्स क्लब डिस्ट्रिक ३२५–जि, एमडी ३२५ नेपाल अन्तर्गत द लायन्स क्लव अफ काठमाडौँ अभिवादन क्लबको स्थापना गरिएको हो ।

उमेश गुप्ताको अध्यक्षतामा क्लवको स्थापना गरिएको छ । भने क्लवमा २२ जना सदस्यहरु रहेका छन् । “स्वस्थ र समृद्ध समाज निर्माण हाम्रो अभियान” को नारा राखेर संस्थाको स्थापना गरिएको छ । डिस्ट्रिक गर्भनर उत्तम प्रसाद झा र काउन्सुलर केशव पाण्डेले क्लवको उद्घाटन गरेका थिए ।

पदाधिकारीहरुः

अध्यक्ष : उमेश गुप्ता
उपाध्यक्ष : डा. पिया रत्न महर्जन
उपाध्यक्ष :   सरोजराज श्रेष्ठ
सचिव : वर्षा बस्नेत
कोषाध्यक्ष : मणी गौतम रहेका छन् ।

मस्र्याङ्दी होटलमा भएको कार्यक्रममा क्लबका अध्यक्ष उमेश गुप्ताले समाजमा सहिष्णुतालाई प्रथामिकता दिने हिसावले पशुपतिमा रहेका जल बोक्ने २५ जना ब्राम्हणहरुलाई वस्त्र तथा भोजन दान, र ५० हजारको निःशुल्क विमा गरिने घोषण गरेका थिए । उक्त विमांङ्कको पहिलो वर्षको एक किस्ता निःशुल्क गरिदिने घोषणा गरेका थिए ।

सचिव वर्षा बस्नेतले राष्ट्रिय धोजाको अभिवादन हामी हाम्रो राष्ट्रिय धोजालाई अभिवादन गर्दै यस प्रति आफ्नो अटुट विश्वास व्यक्त गर्दछौं । एउटा सुयोग्य नागरिकको हैसियतले उत्साह र तत्पताका साथ आफ्नो कर्तव्य पुरा गरेमात्र यसको महिमा तथा गौरव बढ्दछ । यसको सुनौलो अक्षरले लेखेको इतिहासले नै हामीलाई स्वदेशको मर्यादाका निम्ती सत्कार्य गर्ने प्रेरणा प्रदान गर्दछ । हामी हाम्रो राष्ट्रिय धोजा प्रति अविचलित निष्ठाको घोषणा गर्दै यसले देखाएको बाटोमा अघि बढ्दै यस्को महिमा वढाउन तथा यसलाई राष्ट्रहरुका माझमा गौरवकासाथ फर्फराई राख्न साचो प्रयास गर्नेछौं । भन्दै सम्बोधन गरेकी थिईन् ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष सरोजराज श्रेष्ठले लायन्स क्लवलाई सक्रिय ढंगले अगाडी बढाउने विषेश योजना रहेको बताएका थिए । सचिव श्रोष्ठले अन्य क्लव भन्दा फरक काम गरेर नमूना क्लव बनाउन प्रतिवद्ध रहेको धारणा व्यक्त गरेका थिए ।