Logo

बागमती पेज

मंसिर ११, २०७९ आईतबार

सिन्धुलीमा राजन दाहाललाई ८० किलोको माला


काठमाडौँ । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट सिन्धुली क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित लेखनाथ दाहाल (राजन)लाई आईतवार ८० किलोको माला लगाएर बधाई तथा शुभकामना दिईएको छ ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको खुसीयालीमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन सिन्धुली र वाइसियल नेपाल सिन्धुलीले संयुक्त रूपमा सयपत्री फूलको ८० किलोको माला लगाएर खुशी व्यक्त गरेका थिए ।

आईतवार विहान माओवादी केन्द्र सिन्धुलीको पार्टी कार्यालयमा निर्वाचित दाहाललाई माला लगाइएको हो । सिन्धुली क्षेत्र नं २ को प्रतिनिधिसभामा नेकपा एमालेका मनोज जंग थापालाई ५ हजार ८ सय ३० मत अन्तरले पराजित गर्दै दाहाल निर्वाचित बनेका छन् ।

निर्वाचित भएपछि दाहाल आफ्नो निर्वाचन क्षेत्र भित्रका मतदातालाई धन्यवाद दिन गाउँ–गाउँ पुगेका छन् । उनले स्थानीयहरुलाई आफ्नो गाउँठाउँका समस्याहरुको समाधान गर्ने प्रतिवद्धता दिँदै स्थानीयसँग खुशी साट्न विभिन्न स्थानमा पुग्ने गरेका हुन् ।