Logo

बागमती पेज

मंसिर १२, २०७९ सोमबार

दोलखामा मंसिर १५ गते पुनः निर्वाचन


काठमाडौँ । दोलखाका १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ ।

जिल्ला निर्वाचन व्यवस्थापन समितीको आज बसेको बैठकले मंसिर १५ गते मतदान गर्ने निर्णय गरेको हो । बैठकले निर्वाचन आयोगले रद्ध गरेको १० मतदान केन्द्रमा पुनः मंसिर १५ गते निर्वाचन गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत शिव प्रसाद पोखरेलले जानकारी दिएका छन्।

आयोगले बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को बैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठका मतदान केन्द्र क र ख, वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्र र तामाकोशी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र क र ख गरी १० मतदान केन्द्रमा पुन मतदान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशन दिएको थियो ।

आयोगको निर्देशन अनुसार जिल्ला निर्वाचन व्यवस्थापन समितीको बैठकले यस्तो निर्णय गरेको हो ।