Logo

मेघनाथ पहाडी

मंसिर १८, २०७९ आईतबार

एमालेको किल्ला तोड्दै दोलखामा कांग्रेसका कुन्दनराज काफ्ले जित नजिक


काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले दोलखाबाट प्रदेशसभा सदस्यमा जित नजिक पुगेका छन् ।

युवा नेता काफ्ले नेकपा एमालेको लालकिल्ला मानिने दोलखाबाट निर्वाचित हुने पक्का भएको हो । नेपाली कांग्रेसका काफ्ले ७ हजार २ सय ९५ मतले एमालेका नरबहादुर श्रेष्ठलाई पछि पार्दै अग्रता लिएका हुन् ।

दोलखा क्षेत्र नम्बर १ बाट एमालेका जिल्ला अध्यक्ष समेत रहेका नरबहादुर श्रेष्ठलाई पछि पार्दै विजयी जित नजिक पुगेका हुन् । काफ्लेले २१ हजार ३ सय ३७ मत पाएका छन् । उनका प्रतिश्पर्धि एमालेका नर बहादुर श्रेष्ठले १४ हजार ४२ मत प्राप्त गरेका छन् ।

मंसिर ४ मा सम्पन्न भएको निर्वाचन नेकपा एमालेले बुथ कब्जाको आरोप लगाएर १० वटा निर्वाचन स्थलमा पुनः मंसिर १५ मा गरिएको थियो । सो मत परिणाम अनुसार काफ्लेले भारी मत अन्तरले निर्वाचित हुन सफल भएका हुन् ।

दोलखा क्षेत्र नम्बर २ मा नेकपा एमालेका भरत केसी विजयी बनेका छन् । उनले कांग्रेसका जिल्ला सभापति बर्मा लामालाई पराजित गरेका हुन् ।

प्रतिनिधिसभा अन्तर्गत बाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्की र नेकपा एमालेका बालकृष्ण शिवाकोटीको मत गणना जारी रहेको छ ।