Logo

बागमती पेज

पुस ४, २०७९ सोमबार

बागमती प्रोस्कुनको कोषाध्यक्षमा केशव दंगाल निर्वाचित


काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (प्रोस्कुन)को कोषाध्यक्षमा केशवप्रसाद दंगाल निर्विरोध निर्वाचित भएका छन् । प्रोस्कुनको दोस्रो साधारण सभाबाट रिक्त रहेको कोषाध्यक्ष पदमा दंगाल निर्वाचित भएका हुन् ।

दंगाल यसअघि लेखा सुपरिवेक्षण समितिको संयोजक थिए । गत स्थानीय निर्वाचनमा महिला उपाध्यक्ष, कोषाध्यक्ष र दुईजना सदस्य जनप्रतिनिधि भएसँगै रिक्त रहेको पदमा संघको दोस्रो साधारणसभाको उपलक्ष्यमा निर्वाचन गरिएको थियो ।

निर्वाचनबाट कोषाध्यक्षमा दंगालसँगै महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ, सदस्यमा कृष्ण सुवेदी र तारानाथ सापकोटा निर्विरोध निर्वाचित भएका थिए ।

प्रोस्कुन बागमती प्रदेश भित्रका १३ वटा जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाको छाता संगठन हो । जसले सहकारी संस्थाको अनुगमनका साथै व्यावसायिक र गैरव्यवसायिक दुवै सेवाहरु दिँदै आएको छ । र, शिक्षा र तालिम पनि दिँदै आएको छ ।

प्रोस्कुन दर्ता भएर सञ्चालनमा आएको २ वर्ष भये । यो अवधिमा हालसम्म २ सयभन्दा बढी सहकारी संस्था आवद्ध भइसकेका छन् । संघको कारोबार डेढ अर्बभन्दा बढी छ । संघको दोस्रो साधारण सभामा नाफामार्फत १३ प्रतिशत लाभांशसमेत घोषणा गरिएको थियाे ।

बनेपामा केन्द्रीय कार्यालय रहेको प्रोस्कुनको कर्पोरेट कार्यालय भने काठमाडौंको मीनभवनमा छ । संघको अध्यक्ष उद्धव सापकोटा रहेका छन् ।