Logo

बागमती पेज

पुस १४, २०७९ बिहीबार

धनुषामा रेलले किचेर एक जनाको मृत्यु


काठमाडौँ । धनुषाको विदेह नगरपालिकास्थित वैदेही स्टेसनमा रेलले किचेर एक यात्रीको मृत्यु भएको छ ।

भारतको जयनगरबाट जनकपुरधामतर्फ आउँदै गरेको रेलमा वैदेही स्टेसनबाट रेलमा चढ्न लाग्दा खुट्टा अड्किएपछि किचिएर यात्रीको मृत्यु भएको हो।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले गुडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर ती व्यक्ति रेल्वे लिकमा खसेको बताएका छन्। लिकमा खसेका व्यक्तिको सोही रेलले किचेर मृत्यु भएको उनले बताए ।

धनुषाका डिएसपी प्रदीप क्षेत्रीले मृतकको पहिचान नखुलेको बताए ।