Logo

बागमती पेज

माघ ११, २०७९ बुधबार

बागमती सरकार: एमालेले थप तीन मन्त्री टुंगो लगायो


हेटौंडा । नेकपा एमालेले वागमती प्रदेशका लागि थप तीनजना मन्त्रीको नाम टुंग्याएको छ ।

एमालेको भागमा परेको ४ मन्त्रालयमध्ये संसदीय दलका नेतासमेत रहेका चितवनका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् ।

थप तीनजनामा मकवानपुरका एकालाल श्रेष्ठ, काठमाडौंका केशव पोखरेल, ललितपुरका रामेश्वर श्रेष्ठलाई पठाउने निर्णय भएको एमाले नेता एवम् पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले बताए ।

मन्त्रालय भने अहिलेसम्म टुंगो लागेको छैन ।

१४ मन्त्रालयबाट ३ वटा कटौती गर्ने निर्णयसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।