Logo

मेघनाथ पहाडी

माघ १८, २०७९ बुधबार

ओखलढुङ्गा दुर्घटनामा सात घाईते, ३ जनाको अवस्था गम्भिर


काठमाडौँ । ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुर्घटनामा सात जना घाईते भएका छन् । जस मध्ये ३ जना गम्भिर घाईते भएका हुन् ।

सिद्धिचरण लोक मार्ग अन्तर्गत मानेभञ्ज्यङ्ग गाउँपालिका–७ हिलेपानीमा ओखलढुङ्गाबाट धरान जादै गरेको गाडी दुर्घटना भएको छ । प्र १–०१– ००७ ज ००१५ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा अवस्था गम्भिर रहेका ३ जनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी भईरहेको ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक सुकदेव खनालले जनाकारी दिएका छन् ।

झापाको गौरादह नगरपालिका –४ का ४४ वर्षिय रेवती प्रसाद धमला, ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–१ की ४५ वर्षिया मैना कुमारी खड्का र सोहि गाउँपालिकाको वडा नं ३ का २४ वर्षिय चालक खगेन्द्र कुमार घिमिरेको अवस्था गम्भिर रहेको प्रनाउ खनालले जनकारी दिए ।

सामान्य घाईते भएकाहरुको उदयपुरको घुर्मीमा रहेका स्वास्थ्य केद्रहरुमा उपचार भईरहेको छ ।

ओरालो र घुम्ति सडकमा अचानक गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो । गाडीमा १४ जना यात्रु सवार थिए । दुर्घटनाको कारण बारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

संसदसम्म बादरको चर्चा, बाली बीमा गर्न अनुरोध